arrow

टाटा मोटर्सले रच्यो कीर्तिमान, टाटा नेक्सन फेरि एक नम्बर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
tata-motors-no1-suv-brand.jpg

काठमाडौं । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गरेर हुन्डाई, किया, मारुती सुजुकीलाई पछाडि पार्दै शीर्ष स्थानमा रहन सफल भएको छ। पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । 

भारतीय सवारीसाधन उत्पादक टाटाले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गइरहेको छ । टाटा मोटर्सलाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स र लक्जरीको हिसाबले सब फोर मिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको छ । 

नेपालमा पनि टाटाले ग्राहकहरुको मन जित्न सफल भएको छ। बिक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै बिक्री हुने एसयूभी भएको हो । टाटा नेक्सन सब फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो ।

टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ । टाटा मोटर्सले १३ हजार ८१६ युनिट नेक्सन बिक्री गरेर पहिलो हुन सफल भएको छ भने किया सेल्टोस ११ हजार ४८३ युनिट सहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यू ११ हजार ३७७ युनिटसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा टाटा मोटर्सको नयाँ माइक्रो एसयूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ युनिटसहित पाँचौ स्थानमा रहेको छ । 

छैटौं स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ युनिट र सातौं स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ युनिट बिक्री भएको छ ।

त्यस्तैगरी धेरै बिक्री हुने १० मोडलको सूचीमा रेनो काइगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुन र स्कोडा कुशकले भने यसपालि आफ्नो स्थान पक्का गर्न सकेनन् ।

सूचीको आठौं, नवौं र दशौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ युनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० युनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ युनिट बिक्री गर्न सफल भएको छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ