arrow

अमिताभले ३७ करोडमा बेचे बाबु हरिवंशको सम्पत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
Amitabh-fan-1.jpg

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनले बुबा हरिवंश राय बच्चनसँग बिताएको बङ्गला ‘सोपान’बेचेका छन् । दिल्लीको गुलमोहर पार्कमा रहेको बङ्गला ‘सोपान’ अमिताभले ३७ करोडमा बेचेका हुन् । 

नेजोन ग्रुपका सीईओ अवनी बडेरले अमिताभ बच्चनको दिल्लीको घर ‘सोपान’ किनेका हुन् । सोपान बङ्गला ४१८ वर्ग मिटरमा फैलिएको छ। गत डिसेम्बर ७ मा बडेरले सो बङ्गला आफ्नो नाममा दर्ता गराएका थिए ।

दिल्लीको गुलमोहर पार्कमा रहेको सोपान बङ्गला भारतीय प्रसिद्ध कवि हरिवंश राय बच्चनले किनेका थिए । यो पुरानो घरसँग अमिताभ बच्चनका धेरै सम्झना जोडिएका छन् । अमिताभले बाल्यकाल यही बङ्गलामा बिताएका हुन् । 

अमिताभ आमा तेजी बच्चनसँग धेरै वर्षसम्म यहाँ बसे । मुम्बईमा बस्ने भएकाले दिल्लीमा रहेको घरको हेरचाह गर्न गाह्रो भइरहेको थियो । जसका कारण उनले यो घर बेच्ने निर्णय गरेका हुन् ।

गुलमोहर पार्कको बङ्गला ‘सोपान’ निकै चर्चित छ । अमिताभले आफ्नो ब्लगमा धेरै पटक सोपानको उल्लेख गरेका छन् । उनको आमा तेजी बच्चनको नाममा दर्ता थियो । तेजी बच्चन गुलमोहर पार्क हाउसिङ सोसाइटीकी सदस्य थिइन्। मुम्बई जानुअघि अमिताभ आफ्ना आमाबुवासँग यही बस्थे ।

अमिताभ बच्चनसँग मुम्बईमा पाँच वटा बङ्गला छन् । अमिताभ आफ्नो सम्पूर्ण परिवारसँग जलसामा बस्छन्। हरेक आइतबार यहाँ उनलाई भेट्न फ्यानहरू आउँछन् । यो करिब १० हजार स्क्वायर फिटमा फैलिएको छ ।अमिताभ बच्चनको जलसा बङ्गला मुम्बईको जुहूमा अवस्थित छ । 
अर्को बङ्गला ‘प्रतीक्षा’ हो, जहाँ उनीहरू ‘जलसा’ मा सर्नुअघि बस्थे। उनको तेस्रो बङ्गला ‘जनक’ हो, जहाँ उनको कार्यालय छ । चौथो बङ्गला वत्स हो। जुन उनले बैङ्कलाई भाडामा दिएका छन् ।

२०१३ मा पनि उनले ‘जलसा’ को पछाडि पट्टि ६० करोडको बङ्गला किनेका थिए । अमिताभ बच्चनले अँधेरी क्षेत्रमा ड्यूप्लेक्स फ्ल्याट भाडामा दिएका छन् । अमिताभ बच्चनले ३१ करोडमा ड्यूप्लेक्स लग्जरी फ्ल्याट किनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ