arrow

सी र पुटिनबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
xi-putin.jpg
तस्बिर– फाइल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच दुई वर्षपछि पहिलो पटक फेस टु फेस वार्ता हुने भएको छ । युक्रेनलाई लिएर पश्चिमा मुलुकहरुसँग रुसी तनाव बढिरहेका बेला यस्तो भेट हुन लागेको हो । 

कोभिड महामारी फैलिन थालेपछि राष्ट्रपति सीले सन् २०२० को जनवरीदेखि चीन छोडेका छैनन् । तर, अहिले भने उनले विश्वका २० भन्दा बढी नेताहरुलाई स्वदेशमा भेट्न पाउने भएका छन् । बेइजिङ ओलम्पिकले यस्तो अवसर जुटाइदिएको हो । 

पुटिन र सीबीच राजधानी बेइजिङमा शुक्रबार भेट गर्ने कार्यक्रम छ । भेटअघि दुबै देशहरुले सुरक्षा र अन्य विषयमा उनीहरको साझा धारणा झल्किने एउटा संयुक्त विज्ञप्ति जारी गर्नेछन् । त्यसपछि दुबै नेता शुक्रबार साँझ सुरु हुने ओलम्पिक खेलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । 

पश्चिमा मुलुकहरुसँगको तनावसँगै पछिल्ला दिनमा रुस र चीनबीचको सम्बन्ध मजबुत बनेको छ । ओलम्पिक खेलको उद्घाटन समारोहमा सहभागीताको पुष्टि जनाउने पुटिन पहिलो विदेशी नेता हुन् । डिसेम्बरमा सीसँगको फोन वार्तामा बेइजिङसँगको नमुना सम्बन्धको पुटिनले प्रशंसा गरेका थिए । 

युक्रेन मामिलामा अमेरिका र रुसबीच तनाव बढिरहेका बेला चीनले रुसको समर्थन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ