माटो खन्ने क्रममा पुरिएर हुम्लाकी देवकी शाहीको मृत्यु
जनकबहादुर शाही,
प्रकाशित २०७८ माघ २० बिहिबार
757
Shares
फाइल तस्बिर
हुम्ला। माटोको ढिस्कोमा पुरिएर हुम्लाकी देवकी शाहीको मृत्यु भएको छ ।
घर लिपपोतका लागि माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर खार्पुनाथ १ प्युस गाउँकी ४० वर्षकी देवकी शाहीको मृत्यु भएको स्थानीय जयबहादुर शाहीले बताए ।
बुधबार बिहान पशुवस्तुका लागि वनबाट सोतर सङ्कलन गरी गोठमा ल्याई खाना खाएर गाउँभन्दा एक किमी टाढाको मुसेडी भन्ने ठाउँमा घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा माथिबाट खसेको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
माटो लिन सँगै गएका ३ जना महिलाहरूमा २ जना बाहिर बसेको र मृतक शाही भित्र खाल्डोमा माटो खन्दै गर्दा माथिबाट आएको माटोको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक शाहीका श्रीमान्सहित चार जना छोरी र दुई जना छोरा छन् ।