-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले अन्य पार्टीसँग गठबन्धन नगर्ने पार्टी सचिव टोपबहादुर रायमाझीले बताएका छन् ।
बिहिवार उनले भने, 'स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।'
उनले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत लगाए ।