arrow

गठबन्धन टुट्न नदिने, एमसीसी सहमतिमा पास गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
deuba-prachanda-nepal-1353.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ताधारी गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा यस्तो सहमति भएको हो । 

बैठकमा नेताहरुबीच एमसीसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको हो । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको बताए । 

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

एमसीसीको विषयलाई लिएर केही दिनदेखि सत्तागठबन्धन पनि डग्मगाएको संकेत देखा परेपछि बुधबार पटकपटक बसेको बैठकले गठबन्धन पनि नतोड्ने र एमसीसी पनि सहमतिमै पास गर्ने सहमति गरेको हो । 

माओवादी र नेकपा एसले एमसीसीलाई संसदमै लैजान नखोजेको सन्दर्भमा गठबन्धन पनि तोडिने सम्भावना बनेको थियो । प्रचण्डले पार्टीमा आफूले नसकेको सन्देश दिँदै गठबन्धन छाड्ने सन्देश दिन खोजेका थिए । तर सत्ता छाड्दा चुनावमा आइपर्ने अप्ठेरोबारे बुझाउँदै प्रचण्डले टिकिरहने रणनीति बनाएको बुझिन्छ । 

गठबन्धन टुक्रिदा नेकपा एसलाई पनि चुनावमा जाँदा समस्या पर्ने देखिन्छ । 



नयाँ