arrow

'युक्रेनमाथि आक्रमण गरे रुसलाई महँगो पर्ने'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
russia-attack-ukrain.PNG

काठमाडौं।  रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यस कारणले बेलायत र अमेरिकाले आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएका छन् ।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन युक्रेनको राजधानी किभ पुगेका छन् । उनले  युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसँग पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी गरेका छन् । 

उनीहरुबीच युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि  कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ । 

सो भेटवार्तापछि उनीहरूले रुसले युक्रेनमाथि आक्रमण गरे महँगो पर्ने भन्दै संयुक्त प्रेस वक्तव्य पनि जारी गरेका छन् ।  प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महँगो पर्न जाने उल्लेख गरिएको छ ।

युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ