arrow

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
TATA-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट साबित हुँदै गएको छ। भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो। टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको सङ्ख्या २८ हजार १०८ युनिट पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

टाटा मोटर्सले विद्युतीय कारको उत्पादन पनि बढाएको छ। टाटा नेक्सनको बुकिङ र वेटिङ पिरियड बढ्दै गएको समयमा कम्पनीले २ हजार ८९२ युनिट इलेक्ट्रिक कार विक्री गरेको तथ्याङ्क सार्वजनिक गरेको छ।

डिसेम्बर २०२१ मा ३५ हजार ३०० युनिट कार उत्पादन गर्दै दोस्रो स्थानमा पर्न सफल भएको टाटा मोटर्सले जनवरी २०२२ मा ५ हजार ४७७ युनिट कार बढी विक्री गर्न सफल भएको हो।

सेमी कन्डक्टरको समस्या भोग्दै आएका अन्य ब्रान्डको तुलनामा टाटा मोटर्सले निकै तीव्र गतिमा गाडी उत्पादन गर्दै आएको छ। कम्पनीले २०२२ को पहिलो महिना जनवरीमा ४० हजार ७७७ युनिट कार फ्याक्ट्रीबाट डिलरमा बढाएर नयाँ रेकर्ड बनाएको हो। टाटाले एकै महिना ४० हजार युनिट पार गरेको पहिलो पटक हो।

टाटा मोटर्सको विक्री बढ्नुमा सिएनजी भेरियन्टको पनि महत्त्वपूर्ण भूमिका देखिएको छ। जनवरी १९ तारिखमा टाटा मोटर्सले टियागो र टिगोरलाई सिएनजीमा उपलब्ध गराएको थियो । करिब १३ दिनको अवधिमा कम्पनीले ३ हजार युनिट सिएनजी कार विक्री गरेको हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ