पछिल्लो १० वर्षदेखि चलचित्रको खोजीमा रहे पनि निर्माताले उनलाई लिन चाहेका थिएनन् । सोही कारण उनी डिप्रेसनको शिकार पनि भएका थिए । दाजु सनी देवलले अन्तर्वार्ता दिँदा बबीसँग जोडिएको प्रश्न सुनेर भावुक हुँदै रुन्थे।
१० वर्षदेखि बबीले चलचित्र नपाएकोमाथि सनीले भनेका थिए 'हाम्रो परिवार निकै बलियो छ हामी सबै एक साथ छौँ । जब कसैलाई समस्या हुन्छ तब नरमाइलो लाग्छ ।' बबीले सन् २०१३ मा रिलिज भएको चलचित्र 'सिंह साहब द ग्रेट' मा अभिनय गरेका थिए । तर यसमा पनि उनको खास भूमिका थिएन ।