arrow

रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने अमेरिकी चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
russia-attack-ukrain.PNG

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आउँदो महिना अर्थात् फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएका छन् । रुसले युक्रेनसँगको सीमामा लाखौं सेना र हातहतियरा तैनाथ गरेर युद्धको स्थितीमा पुगेका बेला अमेरिकाले युद्ध संकटलाई रोक्न संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको खुला बैठक बोलाएको छ ।

राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुरा गर्ने बेला फेब्रुअरीमा रुसी राष्ट्रपति पुटिनले थप आक्रमणको आदेश दिनसक्ने चिन्ता व्यक्त गरेका हुन् ।

युक्रेनलाई नाटोमा समावेश नगर्ने रुसीमागलाई अमेरिकाले अस्वीकार गरिदिएको छ । यस्तै संयुक्त राष्ट्र संघका लागि अमेरिकी दुत लिन्डा थोमस ग्रीनफिल्डले रुसी कदम राष्ट्र संघको सुरक्षा परिषद् विपरित रहेको बताएकी छन् ।

रुसले युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको चिन्ताकाबीच अमेरिका, युरोपलगायतले रुसलाई यसको परिणाममा भारी मुल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका छन् ।

बाइडेनले पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध समेत लगाउन सक्ने चेतावनी दिएका छन् । यसअघि अमेरिकाले युक्रेन स्थित आफ्ना नागरिक र दुतावासका अत्यावश्यक बाहेकका कर्मचारीका परिवारलाई घर फर्किनेबारे सोच्न समेत आग्रह गरिसकेको छ ।

यी यावत घटनाक्रमकाबीच बाइडेनले फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ