arrow

अमेरिकाले भन्यो – युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रुसी माग मान्य छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
antony-blinken-usa-secretary.jpg

काठमाडौं । युक्रेनलाई नेटोमा रोक लगाउनु पर्ने रुसको मागलाई अमेरिकाले अस्वीकार गरेको छ । रुसले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रुसको माग अस्वीकार गरेका हुन् । 

युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रुसले छनोट गर्नुपर्ने उनले बताएका छन् । विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रुसका एक मन्त्रीले बताएका छन् । 

यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रुसले एउटा लिखित सूची नै जारी गरेको थियो । तीमध्ये युक्रेनमा नेटोको सम्भावित परिचालन रोक्नु पनि छ ।

पछिल्ला सातामा रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । यो तैनाथलाई अमेरिकालगायत उसका साझेदार राष्ट्रहरुले युक्रेनमाथिको सम्भावित अतिक्रमणका रुपमा लिएका छन् । यद्यपि रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ ।

युक्रेनलाई नेटो लगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनोट हुने अधिकार भएको अमेरिकाले तर्क गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ