arrow

भारतलाई हल्लाउने कुनै शक्ति छैन : नरेन्द्र मोदी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
narendra-modi1.jpg
तस्बिर– फाइल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस अघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । राजधानी नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्र भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू । भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’

सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।

देशका लागि सेवा र सुरक्षा गर्ने क्रममा शहीद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ