arrow

विमानको बाहिरी भागमा लुकेर ११ घण्टा यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
plane-nose.jpg

काठमाडौं ।  विमानको बाहिरी भागमा बसेका एक व्यक्ति ११ घण्टापछि पनि जीवितै भेटिएका छन् । उनी विमान अवतरण हुँदा प्रयोग हुने पाङ्ग्रा ( नोज ह्विल) मा बसेर ११ घण्टासम्म यात्रा गरेको बीबीसीले उल्लेख गरेको छ । 

दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विल मुनी लुकेर उनी एम्स्टर्ड्याम पुगेका थिए । डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उनलाई पक्राउ गरेको हो । विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए। पक्राउपछि उनलाई अस्पताल लगिएको थियो । 

आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एक चोटि ओर्लिएको बताइएको छ । पाङ्ग्रामा लुकेका ती व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । 

विमानलाई जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घण्टा समय लाग्छ । लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु अनौठो हो ।  हावाको अत्याधिक चाप र अक्सिजनको अभाव हुदाँ यात्रा गर्नेको मृत्यु हुने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ