arrow

एनसीसी अध्यक्षहरूले भने : 'एनआरएनए महाधिवेशनमा नवनिर्वाचितले पठाएको प्रतिनिधि चयन हुनुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १० सोमबार
NRNA_1618131765.jpg

काठमाडौं । एनआरएनए महाधिवेशनमा नवनिर्वाचितले पठाएको प्रतिनिधि चयन हुनुपर्ने गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अध्यक्षहरूले मत राखेका छन् ।  अध्यक्षहरूको एक बहसमा सबै एनसीसी अध्यक्षहरूले सङ्घको १० औं महाधिवेशनका प्रतिनिधिहरू २०२१-२०२३ को लागि निर्वाचित कार्यसमितिले पठाएको अनुसार हुनुपर्छ भनेका छन्।

एनसीसी अमेरिकाका अध्यक्ष  बुद्धि  सुबेदीले  ६५, २५ र १० प्रतिशत डेलिगेट्सको कुरा विशेष अधिवेशनबाट ल्याइएको र त्यसैबाट नै यो विवाद शुरु भएको बताए ।

'विधानको भावनालाई कदर गर्ने हो भने नयाँ निर्वाचित अध्यक्षले नै डेलिगेट्स नामावली  पठाउनु पर्छ। प्रमुख संरक्षक शेष घलेले  एनसीसी अध्यक्षहरूको भेला गरेर सल्लाह सुझाव र राय लिएर अबको डेलिगेट्सहरु अहिले हामी नयाँ निर्वाचित अध्यक्षहरूबाट मागेर चुनाव गराइयो भने त्यो ताजा  र सर्वमान्य चुनाव हुन सक्छ। ६५,२५ र १० प्रतिशतको लिस्टमा पहिला पठाइएको छ । यो त ६ महिना भन्दा पनि बढी भइसक्यो । कतिपय कुराहरू परिवर्तन भइसक्यो होला ।त्यसले गर्दा फ्रेस्ली इलेक्टेडबाट सबै २५, ६५  र १० प्रतिशत डेलिगेट्स माग गरियोस् हामी विधानसम्मत तरिकाले सम्पूर्ण सूची पठाउन तयार छौं', सुबेदीले भने। 

एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले एनसीसी युकेले विधानसम्मत हिसाबले डेलिगेट्सहरुको नाम पठाएकाले त्यसलाई जस्ताको तस्तै मान्यता दिइनु पर्ने बताए। 

एनसीसी अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले प्रतिनिधि छनोटबारे अस्ट्रेलियामा कुनै विवाद नरहेको तर केन्द्रले नै विवाद सिर्जना गर्न खोजेको जनाए।

एनसीसी क्यानडाका अध्यक्ष दीपक गौतमले विधानको आफू अनुकूल व्याख्या गरिएको र डेलिगेट्स छनोटबारे आइसीसीको व्यवहारमा एकरूपता नभएको जनाए।

एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारीले निवर्तमान कमिटीले एकपक्षीय ढङ्गले  ६५ प्रतिशत डेलिगेट्स छनोट गरेकाले समस्या देखिएको बताइन्।

एनसीसी  जापानकी कार्यवाहक अध्यक्ष अनिता गुरुङ, एनआरएन जर्मनीका राजेश लाल श्रेष्ठ, अमेरिका क्षेत्रका उप क्षेत्रीय संयोजक राम चन्द्र पोखरेल लगायतका वक्ताले नवनिर्वाचित एनसीसीहरुको भावनाको सम्मान गरेर मात्रै अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ