arrow

सिखहरूको लागि कुनै भारतीय प्रधानमन्त्रीले नगरेको काम गरे मोदीले

logo
एजेन्सी,
प्रकाशित २०७८ माघ ७ शुक्रबार
modi un.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। मुट्ठीभर सिख नेताहरू र एक प्रमुख सिख संस्थालाई मात्र नभई प्रधानमन्त्री नरेन्द्र मोदीले डिसेम्बर २६ लाई बिरबल दिवसको रूपमा मनाउने घोषणा गरे। प्रधानमन्त्री मोदीको उक्त घोषणाले सिखहरूको मन जितेको छ र आधिकारिक रूपमा साहिबजादालाई श्रद्धाञ्जली दिने कार्यक्रम गरेको भन्दै व्यापक रूपमा प्रशंसा भइरहेको छ। 

यसैबीच, सिख कट्टरपन्थी सङ्गठन, दमदमी टक्साल, जुन कुनै समय जर्नेल सिंह भिन्डरवालेको नेतृत्वमा थियो, उक्त संस्थाले समेत मोदीलाई भारतको इतिहासमा आफ्नो कर्तव्य पूरा गर्ने पहिलो प्रधानमन्त्री भएको भन्दै प्रशंसा गरेको छ।

‘साहिबजादाले देखाएको अतुलनीय साहसको बारेमा विश्वलाई थाहा गराउनु मोदीको यो कदम निकै महत्त्वपूर्ण भएको बताइएको छ। जुन भारतको विगत ३२५ वर्षको इतिहासमा कुनै पनि सरकारले यो काम गर्न सकेका थिएनन्,’ दमदमी टक्सालका प्रमुख बाबा हरनाम सिंह खालसाले भने।

शिरोमणि अकाली दल (दिल्ली) का अध्यक्ष परमजीत सिंह सरनाले बाबा जोरावर सिंह र बाबा फतेह सिंहको योगदानलाई राज्यले दिएको मान्यताको स्वागत गरेको बताएका छन्।  साथसाथै मोदी सरकारलाई यस दिनलाई शाहिबजादे दिवस वा बाबा जोरावर र बाबा फतेहको रूपमा नामकरण गर्न आग्रहसमेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ