ग्लोबल आइए मई बैङ्क, कान्तिपथ शाखाद्वारा डिजिटल बैङ्किङ सम्बन्धी साक्षरता कार्यक्रम आयोजना
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
834
Shares
फाइल तस्बिर
काठमाडौँ। ग्लोबल आइए मई बैङ्क लिमिटेड, कान्तिपथ शाखाले डिजिटल बैङ्किङ सेवाको विस्तार र प्रोत्साहनको लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
करिब २५० जना सहभागीहरूको उपस्थितिमा एक कार्यक्रम गरी कम समयमै छिटो छरितो र घरमै बसेर पनि बैङ्किङ सेवा लिन पाउने सहजताको लागि यो कार्यक्रम चलाएको हो।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ बैङ्कले बैङ्कले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीय वासी लाभान्वित गराउने जनाएको छ।
आजको समयमा डिजिटल बैङ्किङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैङ्किङको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैङ्कले जनाएको छ।