arrow

मोदीले दिए सबै राज्यका मुख्यमन्त्रीलाई चेतावनी, ओमिक्रोनबाट बच्ने उपाय निकाल्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
modi-chief-ministers-2022.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट बच्ने एकमात्र सूत्र सावधानी नै भएको बताएका छन् । उनले आज सबै राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै सावधानी अपनाउन आग्रह गरेका हुन् । भर्चुअल माध्यमबाट भएको छलफलका क्रममा मोदीले महामारी नियन्त्रणका लागि उपयुक्त कामहरु सबैले आ–आफ्नो ठाउँबाट गर्नु पर्नेमा जोड दिएका छन् । 

कोरोना भाइरस र त्यसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन आइरसको महामारी तिव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफल भएको हो ।

प्रधानमन्त्री मोदीले जिल्ला तहमा स्वास्थ्य संरचनाहरुको विकास, निर्माण तथा विस्तार पनि बढाउन आह्वान गरेका छन् । स्वास्थ्य संरचनाहरु पर्याप्त नहुँदा बिरामीहरुले सेवा नपाउने र महामारी थप फैलिई थप क्षति हुने भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने संरचनाको निर्माण पर्याप्त रुपमा हुनुपर्ने मोदीको जोड छ । 

मोदीले ओमिक्रोन तीव्र रुपमा फैलिइरहेकाले सतर्क रहनुको विकल्प नभएको बताएका छन् । उनले मुख्यमन्त्रीहरुलाई ओमिक्रोनको सावधानीका लागि चेतावनी दिएका छन् । साथै यसबाट बच्ने उपाय निकाल्न समेत सुझाव दिएका छन् । 

भारतमा बुधबारमात्रैदुई लाख ४७ हजार ४१७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ