arrow

शताब्दीको ऐतिहासिक अनुभवलाई अझ राम्ररी बुझ्नुपर्नेमा सीको जोड

logo
सिन्ह्वा,
प्रकाशित २०७८ पुष २७ मंगलबार
xi-jinping-china.jpg

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासको समीक्षा, अध्ययन, शिक्षा र प्रवर्द्धनलाई अझ राम्ररी बुझ्ने गरी गहन प्रयास गर्न आह्वान गरेका छन्। 

विगत शताब्दीको पार्टीको ऐतिहासिक अनुभवको सदुपयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी स्कूलमा प्रान्तीय र मन्त्रीस्तरीय अधिकारीहरूको उपस्थितिमा आयोजित अध्ययन सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ