arrow

सिंहदरबार अगाडि धुमधाम पृथ्वी जयन्ती, राष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण(फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
cover-bidya.jpg

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज मंगलबार देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेर मनाइँदैछ ।

यसै सिलसिलामा काठमाडौंको सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् । ३००औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबार पश्चिम ढोकामा रहेको पृथ्वीनारायणको पूर्णकदमा पुष्पगुच्छासहित माल्यार्पण गरेकी हुन् ।

राष्ट्रपतिले माल्यार्पण गरेपछि सरकारका मन्त्रीहरु तथा राजनीतिक दलका नेताहरुले पनि पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गर्न उक्त स्थानमा पुग्नेक्रम शुरु भएको छ । राष्ट्रपति पुग्दा विभिन्न संस्थाहरुले झाँकी र बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ