arrow

भारतमा लगातार पाँचौं दिन एक लाखभन्दा बढी कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
corona-india-bed-1620608511.jpg

काठमाडौं । भारतमा लगातार पाँचौं दिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । सोमबार १ लाख ६६ हजार ४९७ जना संक्रमित भएको जनाइएको छ । 

कम परीक्षणका कारण संक्रमित घटेको बताइएको छ । त्रिपुराको तथ्यांक आएपछि यो संख्या बढ्ने अनुमान गरिएको छ । आइतबार मात्रै १ लाख ८० हजार ७८ जना संक्रमित पाइएका थिए । जहाँ परीक्षणको १४ प्रतिशत संक्रमित पाइएका हुन् । 

गत डिसेम्बर २७ देखि भारतमा तेस्रो लहर आएको हो । १२९ जनाको ज्यान गएको जनाइएको छ । सोमबार थपिएकामा महाराष्ट्रका मात्रै ३३ हजार ४७० हुन् । त्यस्तै मुम्बईमा मात्रै १३ हजार ६४८ संक्रमित पाइए । 

पश्चिम बंगालमा १९ हजार २८६, दिल्लीमा १९ हजार १६६ संक्रमित पाइएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ