मनकारी वडाध्यक्ष : जसले पारिश्रमिक लगाए सामाजिक कार्यमा
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
1.2k
Shares
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवर्द्धन ज्ञवालीले आफ्नो पारिश्रमिक बापतको केही रकम महिला समूहलाई प्रदान गरेका छन् । उनले आफ्नो वडाभित्रका महिला सदस्यको क्षमता अभिवृद्धिका लागि समूहलाई रु एक लाख प्रदान गरेका थिए ।
गैँडाकोट–१६ भित्र रहेका विभिन्न १० महिला समूहलाई शनिवार प्रतिसमूह रु १० हजारका प्रदान गरिएको थियो ।
उनले यसअघि आफ्नो पारिश्रमिकबाट अमरापुरी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण गर्न रु ४० हजार, बेल्डिहा चौकीलाई सात पङ्खा, विजय ज्योति आधारभूत विद्यालयलाई रु ६० हजार रकम बराबरको कुर्सी, कोरोनाका कारण वडाभित्र समस्यामा परेका परिवारलाई रु ६० हजार राहत, दुर्गा मन्दिरलाई २४ थान पङ्खा, आफ्नो बुवाको नाममा बाल उदय विद्यालयलाई रु एक लाख बराबरको कार्यालय सामग्री वितरणमा खर्च गरेका थिए । रासस