arrow

पाकिस्तानमा हिउँ हेर्न गएका हजारौं मानिस फसे, कम्तीमा २२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
himpat-pakistan-.JPG

काठमाडौं । पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी शहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । 

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती र उनीहरुका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ । 

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए । 

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।

मृत्यु हुनेमा कम्तीमा १० जनाको कारमा बस्दा बस्दै जमेर भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ