काठमाडौं । चलचित्र आकाशे खेतीको पहिलो गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछेउ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो । लोक फ्लेवरको गीत हरि उप्रेतीले लेखेका छन् ।
संगीत विकास चौधरीको रहेको छ । सार्वजनिक यस गीतमा राजेश पायल राई , अन्जू पन्त , लोक पौडेल र सुम्निमा इङनामको आवाज रहेको छ । गीतमा राजिवको कोरियोग्राफी रहेको छ ।
उदय सुब्बाको लेखन, निर्देशन रहेको चलचित्र आकाशे खेतीमा गौरव पहारी, निता ढुंगाना, विल्सन विक्रम राई, बुद्धि तामाङ, रमा लिम्बू, शिशिर वाङदेल, रबिन्द्र झा, जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङवाङ र दिलप्रकाश याक्सोले निर्माण गरेका हुन् ।
चलचित्रको छायांकन विक्रम डीसी, द्वन्द्व राजु किराँती, नृत्य रामजी लामिछाने र राजिवको रहेको छ । सम्पादन सुजन बडालको रहेको छ । चलचित्र यही फागुन २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।