arrow

महेश बाबूलाई कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
mahesh-babu.png
तस्बिर– फाइल

काठमाडौं । साउथका सुपरस्टार महेश बाबूलाई कोरोना भएको छ । आफू कोरोना संक्रमित भएको उनले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनले सबै आवश्यक सावधानी अपनाउँदा अपनाउँदा कोरोना लागेको भन्दै हल्का लक्षण भएको बताएका छन् । उनी होम क्वारेन्टिनमा बसेका छन् । 

सबै मेडिकल गाइडलाइन पालना गरेको भन्दै उनले आफूसँग केही दिनदेखि सम्पर्कमा रहेका सबैलाई परीक्षणका लागि अपील गरेका छन् । उनले कोरोनाको खोप लिन आग्रह गर्दै खोप लिए अस्पताल जान नपर्ने सुझाव दिएका छन् । 

महेश बाबूका परिवारको कोरोनाको रिपोर्ट आउन बाँकी छ । हालै उनकी श्रीमती नम्रता शिरोडकरकी बहिनी तथा अभिनेत्री शिल्पा शिरोडकर पनि कोरोना पोजेटिभ देखिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ