जम्मुको सुरक्षाको लागि भारतीय सेना सतर्क, एक घुसपैठ मारिए
एजेन्सी,
प्रकाशित २०७८ पुष २३ शुक्रबार
512
Shares
फाइल तस्बिर
भारत। जम्मूको बाहिरी क्षेत्र अन्तर्राष्ट्रिय सीमासित जोडिएको अरनिया सेक्टरको भूलेचक पोस्टमा बीएसएफका जवानहरूले भारतीय सीमामा घुसपैठको प्रयास विफल बनाउँदै एक घुसपैठलाई मारेका छन्।
अन्तर्राष्ट्रिय सीमासित जोडिएको अरनिया सेक्टरको भूलेचक पोस्टमा बीएसएफका जवानहरूले एक पाकिस्तानी घुसपैठलाई कुहिरोको आडमा भारतीय सीमामा प्रवेश गरिरहेको देखे। जवानहरूले उसलाई भारतीय सीमामा प्रवेश नगर्ने चेतावनी दिएपछि पनि घुसपैठ निरन्तर भारतीय सीमातिर बढिरहेपछि बीएसएफ जवानहरूले गोली हानी उसलाई मारेका थिए। सीमामा रहेको घुसपैठको शव लैजान पाकिस्तानी सेनालाई भारतीय सेनाले हट लाइनमा सूचित गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।