भारत। फरिदावादस्थित जिल्ला उच्चायुक्त कार्यालयमा बुधवार पाकिस्तानको दानिश र गीतालाई भारतीय नागरिकता प्रमाण पत्र प्रदान गरिएको छ। यी दुवै शरणार्थी रहेको जिल्ला उच्चायुक्त जितेन्द्र यादवले बताएका छन्।
यादवले अहिलेसम्म अफगानिस्तान र पाकिस्तानबाट ३०भन्दा धेरै शरणार्थी हिन्दहरूलाई भारतको नागरिकता प्रदान गरिएको समेत जानकारी दिएका छन्। भारतीय नागरिक बनेपछि खुसी भएका दानिशले भने, मेरो निम्ति यो सपना जस्तो हो। पाकिस्तानको स्थिति धेरै खराब छ। यसैले मलाई भारत आउनपऱ्यो। अहिले म यहाँ नोकरी गरिरहेको छु।
गीता पाकिस्तानको बन्नू बाट लगभग १०वर्षअघि भारत आएकी थिइन्। भारतीय नागरिकता प्रमाण पत्र प्राप्त गरेपछि गीताले भनिन्, नागरिकता प्रमाण पत्र पाएर म धेरै खुसी छु। मेरा परिवारका सबै जना भारत आइसकेका छन्।