arrow

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
tata-motors-hyundai.jpg

काठमाडौँ। टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुवाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ। यसभन्दा अघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै थियो । सन् २०२१ को डिसेम्बरसम्मको तथ्याङ्क अनुसार भने हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो।

यस बाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ। त्यस्तै कम्पनीले अक्टोबरदेखि डिसेम्बरबीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गर्‍यो। सन् २०२१ को सुरुआतदेखि अन्तिमसम्मको बिक्री आँकडाअनुसार भने वर्षभरिमै सबैभन्दा बढी गाडी बिक्री गरेको हो।

तथ्याङ्क अनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सय वटा गाडी बिक्री गरेको छ। त्यस्तै दक्षिण कोरियाली कार उत्पादन कम्पनी हुन्डाईले भने डिसेम्बरमा जम्मा ३२ हजार ३ सय १२ वटा गाडी बिक्री गरेको छ।

टाटा मोटर्सले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ९९ हजार गाडी बिक्री गरेको छ भने सन् २०२१ को अन्तिम दिनसम्ममा जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ।

बजारमा सेमिकन्डक्टरको अभावका कारण उत्पादनमा कमी देखिए पनि टाटा मोटर्स लिमिटेडका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेश चन्द्रले कम्पनीको यात्रुवाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा धेरै नयाँ कोसेढुङ्गा कायम गरेको बताएका छन्।

‘टाटा मोटर्सले दशक कै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ। गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठुलो परिवर्तन देखिएको छ,’ अध्यक्ष चन्द्रले भनेका छन्, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ। टाटाले यात्रुवाहक सवारी साधनको व्यवसाय स्थापना सुरु गरे देखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्याङ्क हो।’

उनका अनुसार ‘न्यू फरेबर’ का मोडलहरूका कारण पनि गाडीको बिक्री र माग बढेको हो। टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ। अघिल्लो आर्थिक वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटा मोटर्सले यस वर्षको त्रैमासिकसम्ममा मात्रै विद्युतीय गाडीको बिक्री ५.६ प्रतिशतले बढाएको हो।

कम्पनीका अनुसार यसले सन् २०२१ को डिसेम्बरमा पहिलो पटक मासिक २ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको हो। ‘बजारमा विद्युतीय नेक्सन र विद्युतीय टिगोरको माग बढ्दो छ । जसले गर्दा विद्युतीय मोडलहरूको बिक्रीमा तीव्रता पाएको छ। समग्रमा विद्युतीय मोडलहरूले राम्रो बजार पाएको छ,’ कम्पनीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष चन्द्रले भने।

उनले अन्तिममा भनेका छन्, ‘भविष्यमा पनि सेमिकन्डक्टरको आपूर्ति अनिश्चितताका कारण उत्पादन एवम् बिक्रीमा केही प्रभाव पर्ने सम्भावना छ । यसको लागि कोभिडको जोखिमलाई पनि नजिकबाट ट्र्याक गर्न आवश्यक छ । यद्यपि हामी व्यावसायिक योजनामा काम जारी राख्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ