arrow

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीको धर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
bar-andolanoo.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध कानून व्यवसायीहरुले विहीबार पनि धर्ना र विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा ६८ दिनदेखि जारी आन्दोलन विहीबार पनि सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले धर्ना दिएका हुन् ।

सर्बोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिइएको हो । कानून व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

उनीहरुले जबराले गरेका विवादित फैसला संकलन गरेर त्यसको छानबिन गर्ने चेतावनी पनि दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ