arrow

'कर्फ्यू लगाइदे सरकार'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
barsa-karfu.PNG

काठमाडौं । 'कर्फ्यू लगाइदे सरकार' गीतको म्युजिक भिडियोको सार्वजनिक भएको छ । पुस १८ गते एक कार्यक्रमका बीच ' कर्फ्यू लगाइदे सरकार'को म्युजिक भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

राजीव थापाको शब्द रहेको 'कर्फ्यू लगाइदे सरकार' गीतमा, पुस्तक प्रसादको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र दिनेश गौतमको आवाज रहेको छ ।

 'पैसा कसले बनायो ?' गीतले सङ्गीत क्षेत्रमा गायकको रूपमा परिचित दिनेश गौतमले ११ वटा एल्बम बजारमा सार्वजनिक गरेपछि कर्फ्यू लगाइदे सरकार' बोलको गीत गएका हुन् । 

वर्षा सिवाकोटी तथा सुधीर श्रेष्ठले अभिनय गरेको सो गीतमा रामजी लामिछानेको निर्देशन रहेको छ । 

आँखामा ओठमा, मुस्कानमा कर्फ्यू लगाइदे सरकार भनेर निकै राम्रो ढङ्गले गीतलाई गीतकार राजीव थापाले प्रस्तुत गरेका छन् । 

थापा विगत ३ वर्ष देखी अस्ट्रेलियामा रहँदै कलाकारिता र समाजसेवासँगै अगाडी बढेका छन्। गीत-गजल, कविता, मुक्तक लेखी रहने राजीव थापाको साहित्यिक नाम राजश्री हो।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ