arrow

नेक्सन नै किन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
nexon-2022.jpg

काठमाडौँ। बजारमा धेरै गाडीहरू छन्। मानिसका रोजाइ पनि धेरै नै छन्। सानो मात्रको सुविधाले पनि मानिस आफ्नो रोजाइ गुमाउन चाहन्न। यसकै लागि यहाँ दुई वटा गाडीको तुलना गरिएको छ। रोजाइ पाठककै। टाटा नेक्सन एउटा उत्कृष्ट एसयुभी हो। स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरिको हिसाबले यो गाडी प्रायः सबैको रोजाइको पहिलो गाडी बन्न सफल भएको छ।

बजारमा टाटा नेक्सन एसयुभीको माग दिनानुदिन बढ्दै गएको कारणले पनि सहजै अनुमान लगाउन सकिन्छ कि यो गाडीमा ग्राहकहरूलाई आकर्षण गर्न सक्ने थुप्रै विशेषताहरू छन्। आम उपभोक्ताको सोचले एउटा साझा सवाल पैदा गर्न सक्छ कि मारुती सुजुकीको ब्रेजा भन्दा टाटा नेक्सन किन र के कस्ता कारणहरूले राम्रो छ ?

पावर र एटिट्युट
१.२ लिटर टर्बो चार्जड पेट्रोल रेभट्रोन इन्जिन भएको मारुती ब्रेजाले ७७ पीएस पावर दिन्छ भने यसको तुलनामा रहेको टाटा नेक्सनको १.२ लिटर टर्बो चार्जड पेट्रोल रेभट्रोन इन्जिनले १२० पीएस पावर दिन्छ र १.५ लिटर टर्बो चार्जड डिजेल रेभट्रोन इन्जिनले २६० टर्कका साथ ११० पीएस  पावर दिन्छ।

ब्रेजामा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ, जबकि नेक्सनमा अटोमेटिक ६ स्पीडको सुविधा छ। ब्रेजाको एआरआई रेटिङ १७.०३ किमिप्रति लिटर छ। जबकि नेक्सनको एआरआई रेटिङ १७.२ किमिप्रति लिटर (पेट्रोल) रहेको छ। नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ एमएम र उचाइ १,६०६ एमएम छ, जबकि ब्रेजाको लम्बाइ ३,९९५ एमएम, चौडाइ १,७९० एमएम र उचाइ १,६४० एमएम रहेको छ।

ग्लोबल एनक्यापको सेफ्टी रेटिङ्ग
सुरक्षाको कुरा गर्ने हो भने ब्रेजा भन्दा नेक्सन नै अधिक सुरक्षित मानिन्छ। सवारी साधनको सुरक्षा मूल्याङ्कन गर्ने विश्वव्यापी मान्यता प्राप्त ग्लोबल एनक्यापको क्रयास टेस्टबाट गरिन्छ। यस परीक्षणको आधारमा टाटा नेक्सनले अकुपेन्सीमा फाइभ स्टार र चाइल्ड अकुपेन्सी मा थ्रीस्टार प्राप्त गरेको छ भने ब्रेजाले एडल्ट अकुपेन्सीमा फोर स्टार र चाइल्ड अकुपेन्सीमा टु स्टारमात्र  प्राप्त गरेको छ। 

ग्राउन्ड क्लियरेन्स
ग्राउन्ड क्लियरेन्सको मामिलामा कुरा गर्दा – टाटा नेक्सनको २०९ एमएम छ भने ब्रेजाको १९८ एमएम रहेको छ। यस सन्दर्भमा हेर्दा टाटा नेक्सन स्पष्ट विजेता हो। ब्रेजाको तुलनामा नेक्सनको २०९ एमएम ग्राउन्ड क्लियरेन्स हुनुको साथै अति राम्रो क्लियरेन्स छ। खाल्डाखुल्डी सडक र अव्यवस्थित ढङ्गले बनाइएका स्पीडहम्पहरूबाट बच्नका लागि नेक्सनमा भएको हाइ ग्राउन्ड क्लियरेन्स ठुलो वरदान हुनेछ।

डिजाइन
नेक्सनमा राउण्डेड व्हील आर्चेजलाई समन्वय गरी राम्ररी डिजाइन गरिएको छ जसले यसलाई थप बलियो र मजबुत देखाउँछ। जहाँसम्म ग्रिल र लाइटिङको कुरा छ, अगाडिको भाग निकै आकर्षक छ। निःसन्देह यो एक सुन्दर डिजाइन हो। 

ब्रेजाको डिजाइन सुजुकी आइभीफोर र एक्सए–अल्फाबाट धेरै प्रभावित छ। ब्रेजामा म्यासिभ एअर ड्यामसहित आकर्षक ठुलो बम्पर, ब्ल्याक–आउट फग लाइट केसिङ र फल्स स्कफ प्लेट रहेकोले आकर्षक देखिन्छ। यसले अघिल्लो भागलाई फरक देखाउँछ।

आरामदायी ड्राइभिङ 
नेक्सनसँग तीन वटा ड्राइभिङ मोड छन्–स्पोर्ट्स, इको र सिटी, जसले मन लागेको स्पीड र मोडमा ड्राइभ गर्न सजिलो बनाउँदछ। त्यसै गरी, ब्रेजाले चिल्लो, ग्राभेलिङ्ग तथा कच्ची बाटोको यात्रालाई समेत सहज बनाउँदछ।

यद्यपि, नेक्सनमा भएका केही आधुनिक सुविधाहरू ब्रेजामा उपलब्ध छैनन्। नेक्सनमा रियर एसी भेन्ट्स, वेयरेबल की, पूर्ण डिजिटल उपकरण क्लस्टर, टिपीएमएस र फलो मी होम लाइटिङलाई व्यवस्थित रूपमा जडान गरिएको छ तर, ब्रेजामा यी सुविधाहरू छैनन्।

इन्टेरियर र सनरुफ
नेक्सनको भित्री भागले हल्का र हावादार अनुभूति दिन्छ। यसमा सेन्टर कन्सोल क्लटर–फ्री छ, जसमा केवल एक फ्लोटिङ इन्फोटेनमेन्ट प्यानल राखिएको छ जसको कारण यसमा क्याबिनको स्टोरेज स्पेस बढी छ। मारुती सुजुकी भिटारा ब्रेजामा कम्फी र अन्डरस्टेटेड इन्टेरियर, पर्याप्त क्याबिन स्टोरेजका साथै खुट्टा र काँधका लागि पर्याप्त ठाउँ सहितको समकालीन डिजाइन छ। नेक्सनमा इलेक्ट्रिक सनरुफ छ तर, ब्रेजामा यो सुविधा छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ