arrow

विवाहित महिलाको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको उपाधि  दीक्षालाई (फोटोफिचरसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
misses-nepal-world-2022-dikxya.jpg

काठमाडौं । विवाहित महिलाको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को फाइनल उपाधि काठमाडौं बाफलकी दीक्षा केसीले जित्न सफल भएकी छिन् । राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शनिबार अबेर राति सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको प्रश्नको सटिक जवाफ दिँदै दीक्षा वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि चुम्न सफल भएकी हुन् । 

उपाधि विजेता केसीले ग्लायलेक्सी जम्बो बासमती राइस लेडी विथ कम्प्यासनको उप उपाधिलाई पनि जितेकी छिन् । वाइवाइ मिसेस नेपाल वर्ल्डको उपाधि चुमेवापत दीक्षाले सन् २०२२ मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । 

यसै वर्षदेखि वाइवाइ मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागी हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। 

सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लीगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरीक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक रहेको प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इंटरनेसनल र  पविता गिरी एमएस इंटरनेसनल भए । 

उनीहरुले उपाधि चुमेवापत सन् २०२२ मा सिङ्गापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छन् । उषा रियो मस्ट ट्यालेन्टेड र  सिजी सिमेन्ट मस्ट बोल्डको विजेता पनि भइन् । रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वर्ल्ड सेकेण्ड रनर्सअप र मनीता प्याकुरेल मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप भए । 

त्यसै गरी ।माधुरी कर्ण एआरएस डेन्टल क्लिनीक बेस्ट स्माइल, वाइवाइ डाइनामिक भ्यूअर्स च्वाइस र प्रदेश  २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस टुरिजम एम्बेस्डर, लक्ष्मी जोशी आईएमई पे पब्लिक च्वाइस अवार्ड, सोनु मगर ढुंगेल।रश्मीलाज फेसियल हाउस वेस्ट हेयर, सुमिता लामा नेपाल आईस वेस्ट -याम्पवाक र एन्ड पिक्चर्स मस्ट फोटोजेनिक, माला सुनुवार मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इंन्टलिजेन्ट, नारायणी अटो बिजीनेस मस्ट डिसिप्लेन्ड, पवित्रा बानियाँ हरपल फुड्स मिसेस कन्जीनियालिटी,  जयन्ती राई सिल्कवेयर फेसन आइकन,  मनिता प्याकुरेल असम वेस्ट पर्सनालिटी, सुष्मिता खड्का सप्mटी मस्ट व्युटिफल, राजश्री थापा क्वीक्स मस्ट कन्फिडेन्ट, सुमित्रा पौडेल उप्रेती काठमाडौं वर्ल्ड स्कुल मस्ट क्रियटिभ र मोनिका न्यौपाने होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधि विजेता भए ।

कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो । 

उनको सम्मानमा विनु शाक्य र श्रीलक्ष्मी थापाले उनले अभिनय तथा नृत्य गरेको विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेकी थिए। यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो । 

तस्बिर– सुदीप पोखरेल
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ