लुम्बिनी प्रदेश : तीन सिटमा राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
807
Shares
देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिए।
राष्ट्रिय सभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन हुन लागेको उनको भनाइ थियो ।
निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ ।लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।