arrow

सेफ्टी चार्टमा टाटा मोटर्सको वर्चस्व, आठमध्ये छ सुरक्षित कारको नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
GNCAP-Safety-Chart-tata.jpg

काठमाडौँ। पछिल्लो समय गाडी खरिदकर्ताहरूबीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ। सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, कलर र फिचर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ।

स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्छन्। ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्याङ्कनका लागि उक्ता गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ। सुरक्षा मूल्याङ्कनमा टाटा मोटर्सले भने नेतृत्व गर्न सफल भएको छ। टाटा मोटर्सका अनुसार उसले सेफ्टी चार्टमा आठमध्ये छ कारको नेतृत्व गरेको छ। 

टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर एच फाइभ, सफारी र पन्च उत्पादन गर्दछ। यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षामा पाँच तारा प्राप्त गरेका छन्। 

यता टियागो, टिगोर, टिगोर इभीले चार तारा प्राप्त गरेका छन्। ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये छ वटा टाटा मोटर्स नै छ। 

टाटा मोटर्सले दिएको जानकारी अनुसार यस्तो छ टाटाका कारहरूको भिन्नता–
टियागो भर्सेस स्वीफ्ट भर्सेस ग्र्यान्ड आई १० निओस

टाटा टियागोमा १,१९९ सीसीको इन्जिन छ, जबकि ग्र्यान्ड आई १० निओस र स्वीफ्टमा १,१९७ सीसीको इन्जिन उपलब्ध छ। माइलेजको हिसाबले हेर्दा ग्र्यान्ड आई १० निओसमा २१ किलोमिटर प्रतिलिटर माइलेज छ, जबकि स्वीफ्टमा २३.७६ किलोमिटर प्रतिलिटर माइलेज छ भने टियागोमा २३.८६ किलोमिटर प्रतिलिटर माइलेज छ। टाटा टियागोका ११ भेरिएन्ट उपलब्ध छन्। सुरक्षा रेटिङका हिसाबले पनि टियागो अगाडि छ। टाटा टियागोले सेफ्टी रेटिङमा ग्लोबल एनक्याप चार तारा प्राप्त गरेको छ। 

टिगोर भर्सेस डिजायर
टाटा टिगोरमा ह्वीलबेस २,४५० एमएम र डाइमेन्सन ३,९९३ एमएम, १,६७७ एमएम, १,५३२ एमएम छ भने मारुती सुजुकी डिजायरको ह्वीलबेस २,४५० एमएम र डाइमेन्सन ३,९९५, १,७३५ एमएम र १,५१५ एमएम छ। टिगोरले चाहिँ“ फोर स्टार नै प्राप्त गरेको छ। 

पन्च भर्सेस म्याग्नाइट भर्सेस काइगर

काइगर र म्याग्नाइटमा ९,९९ सीसीको उस्तै इन्जिन छ। तर टाटा पन्चमा १,१९९ सीसीको इन्जिन छ। रेनो काइगरको माइलेज २०.५३ किलोमिटर प्रतिलिटर, पन्चको माइलेज १८.९७ किलोमिटर प्रतिलिटर र म्याग्नाइटको माइलेज २०.० किलोमिटर प्रतिलिटर छ। काइगर र म्याग्नाइटको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ। तर टाटा पन्चमा १८७ एमएममात्र छ। टाटा पन्चमा सुरक्षाबाहेक ट्र्याक्सन कन्ट्रोल, अटो–डिमिङ रियर–भ्यु, इबीडी र आईएसओ फिक्स प्रविधि उपलब्ध छन्। तर काइगरमा यी सुविधा उपलब्ध छैनन्।

निसान म्याग्नाइट सब–कम्प्याक्ट एसयुभीले क्र्यास टेस्टमा एसियन एनक्याप फोर स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जबकि ग्लोबल एनक्यापले टाटा पन्चलाई फाइभ स्टार र काइगरलाई फोरस्टार सुरक्षा रेटिङ प्रदान गरेको छ।

टाटा अल्ट्रोज भर्सेस हुन्डाइ आई २० भर्सेस मारुती सुजुकी बलेनो
टाटा अल्ट्रोजको डाइमेन्सन ३,९९० एमएम, १,७५५ एमएम र १,५२३ एमएम छ भने हुन्डाई आई २० को ३,९९५ एमएम, १,७७५ एमएम र १,५०५ एमएम रहेको छ। र, मारुती सुजुकी बलेनोको लम्बाइ ३,९९५ एमएम, चौडाइ १,७४५ एमएम र उचाइ १,५१० एमएम रहेको छ। टाटा अल्ट्रोजको बुट साइज ३४५ लिटर छ। जबकि आई २० र सुजुकी बलेनोको क्रमशः २८५ र ३३९ लिटर रहेको छ।

हुन्डाई आई २० र बलेनोमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स छ भने अल्ट्रोजको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ। हुन्डाई र बलेनोको तुलनामा टाटा अल्ट्रोज सबैभन्दा आरामदायी र फराकिलो छ। टाटा अल्ट्रोज र हुन्डाई आई २० ले एडल्ट अकुपेन्ट प्रोटेक्सन फाइभ स्टार प्राप्त गरेको छ। जबकि बलेनो ग्लोबल एनक्याप  रेटिङमा कुनै स्टार पाएको छैन।

समग्रमा टाटा मोटर्सले व्यवसायिक र निजी दुवै प्रायोजनका लागि गाडीहरूको व्यवस्था गरेको टाटाले जनाएको छ। निजी गाडीहरूको बारेमा कुरा गर्दा टाटाको आफ्नो न्यु फरएभर रेञ्ज अन्तर्गत टियागो, अल्ट्रोज, टिगोर, ह्यारियर एच फाइभ, सफारी, पञ्च, एनआरजी लगायतका अन्य मोडलहरू उपलब्ध छन्। टाटाको उत्कृष्ट गुणस्तरीय निर्माणहरूले ग्लोबल एनक्यापद्वारा गरिएको कार क्रयास परीक्षण प्रमाणित फाइभ स्टार रेटिङ्गसमेत प्राप्त गरेका छन्। टाटाले स्टाइलिश तरिकाले उत्कृष्ट प्रदर्शन र मल्टि–ड्राइभ मोडहरू प्रदान गर्दछ।

टाटाको आकर्षक डिजाइन, उत्कृष्ट प्रस्तुति र सुरक्षा सुविधाहरू सहितको आधुनिक निर्माणको कारण स्विफ्ट, ग्रान्ड आई १० निओस, डिजायर, म्याग्नाइट, काइगर, हुन्डाइ आई २० र मारुती सुजुकी बलेनो लगायतका अन्य प्रतिस्पर्धीहरूलाई उछिन्न सफल भएको छ।

यसबाहेक टाटा मोटर्सले आफ्नो विभिन्न मोडेलको गाडीहरू सुलभ एवं आकर्षक मुल्यमा ल्याएको छ जसले ग्राहकहरूलाई आफ्नो लगानीको सहि सदुपयोग भएको महसुस गराउने दाबी टाटा मोटर्सको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ