arrow

हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
pakrau9.jpg

बारा । भारतबाट हातहतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् । दुवै जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ साढे ५ बजे बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–८ पातलो बाटो नहर चोकबाट पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश नम्बर दुईका प्रमुख डिआइजी गणेश ठाँडा मगरले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको  पूर्वी चम्पारण मोतिहारी डेका ग्रामपंचायत १३ बस्ने २१ वर्षीय चन्दन राम र २० वर्षीय अभिषेक कुमार रहेको डिआइजी मगरले बताए। मगरका अनुसार भारतबाट नेपाल आउँदै गरेको बीआर५०५एजे४४२० भारतीय नम्बर प्लेटको मोटरसाइकलमा रहेका उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।

दुवैजनाको साथबाट अटोमेटिक युएसए लेखेको एक थान पेस्तोल, ७.६५ एमएमको २ राउन्ड गोली त्यसमा प्रयोग हुने एकवटा म्याग्जिन चकु, लागुऔषध गाँजा दुई सय ग्राम लगायत बरामद गरिएको हो ।

उनीहरूलाई बीओपी गोलागंज बारामा ल्याई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने प्रकृया अघि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ