arrow

रक्षामा मन्त्री र सचिव दुवै पद खाली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
rakshya-defence.jpg

काठमाडौं । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलले अनिवार्य अवकाश लिएपछि रक्षा मन्त्रालयमा विभागीय मन्त्री र रक्षा सचिव दुवै पद खाली भएको छ । रक्षा सचिव शर्माले बुधबार पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश लिएका छन् ।

सचिव भएको करिब ४ वर्षसम्म उनले मन्त्रालयको सचिव भइ काम गर्न पाएका थिएनन् । शेरबहादुर देउवा नेतृत्व सरकारले पछिल्लो समय उनलाई रक्षामा लगेको थियो । 

शर्माले अवकाश पाएपछि रक्षाका सहसचिव बाबुराम अधिकारीले बुधबार देखि नै निमित्त सचिव कार्यभार सम्हालेका छन् । अधिकारी रक्षाको योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख हुन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका थिए । त्यसपछि रक्षामा विभागीय मन्त्री पद खाली छ । प्रधानमन्त्री देउवाले रक्षाको विभागीय जिम्मेवारी हेर्ने गरेका छन् । 

सचिव पद खाली भएको ठाउँमा बढुवा सिफारिश समितिले वरिष्ठताको आधारमा कृष्णबहादुर राउत, रामेश्वर दंगाल र ढुण्डी निरौलाको नाम सिफारिश गर्ने भएको छ । तीन जनामध्ये एक जनाको नाम छान्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ । 

कानूनअनुसार सचिवहरूले दुई किसिमबाट अवकाश लिन्छन् । ५८ वर्षको कार्यकाल पूरा गरेर या सचिव पदमा ५ वर्षको कार्यकाल पूरा गरेर अनिवार्य अवकाश लिनुपर्ने कानूनमा व्यवस्था छ । 

रक्षा सचिव शर्माले भने ५ वर्षको कार्याकाल पूरा गरेर अवकाश लिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ