जनकपुरधाम । जनकपुरको ऐतिहासिक सरोवर दूधमतीको संरक्षणमा गर्न नदी छेउमा रहेको मन्दिरका गोविन्द दास (फलहारी) बाबाले जोड दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २१ स्थित ऐतिहासिक सरोवरका रूपमा रहेको दूधमती नदीको पानीको सरसफाइको लागि आवश्यक क्षेत्र र स्थानीयको सहयोग आवश्यक रहेको जोड दिएका हुन् ।
दूधमती धार्मिक महत्त्वको नदी रहे पनि अहिले सोको जल फोहर रहनुको साथै नदीसमेत अतिक्रमणको चपेटमा पर्दै गएको बाबाले गुनासो पोखे ।
फलहारी बाबाले भने नदीको जल सरसफाइ गर्नुपर्ने, दुवै छेउमा बृक्षा रोपण गर्नुपर्ने, दुवै तर्फ दूधमती नदीलाई सर्वे नापी अनुसार व्यवस्थित गर्नुपर्ने लगायतको माग राखेका छन् ।
अहिले सो नदीको पानी फोहर हुँदै गएपछि त्यहाँ जान धार्मिक आस्थाका व्यक्तिलाई घृणा उत्पन्न हुने गरेको छ । साथै नदी छेउमा रहेको श्मशान घाटलाई व्यवस्थित गर्नुपर्नेमा पनि उनले गुनासो पोखे।