arrow

अर्बौकी मालिक श्रीमति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
Shah-Rukh-Khan-gauri.jpg

काठमाडौं । शाहरुख खान बलिउडका स्टार हुन् । उनको श्रीमतिको नाम हो गौरी खान । कमाइको कुरा गर्ने हो भने बलिउड स्टारमा शाहरुख खान शीर्ष स्थानमा आउँछन् । गौरी खान पनि करोडौँको मालिक हुन् ।

बलिउडमा राज गर्ने शाहरुख खान मानिसको मनमा मात्रै होइन, चर्चामा पनि रहन्छन् । शाहरुख खान करोडौँको मालिक हुन् । आफ्नी श्रीमती गौरी खानको कुरा गर्दा उनले कडा मिहिनेत र लगनशीलताका साथ करोडौँको व्यवसाय खडा गरेकी छन् । जसबाट उनले बर्सेनि करोडौँ कमाउँछिन् ।

गौरी खानले आफ्नो करियर इन्टेरियर डिजाइनरको रूपमा शुरु गरेकी थिइन् । उनले सुजैन खानसँग संयुक्त साझेदारीमा काम सुरु गरेकी थिइन्। त्यसपछि सन् २००२ मा गौरीले श्रीमान् शाहरुख खानसँग रेड चिलीज प्रोडक्सन हाउस सुरु गरिन् । उनको पहिलो फिल्म 'मे हुँ ना' थियो । यसपछि उनले 'ओम शान्ति ओम' र 'ह्याप्पी न्यू इयर' जस्ता धेरै फिल्म बनाइन् । गौरी खान कडा मिहिनेत गर्छिन् । अनि उनी करोडौँको मालिक हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गौरी खान १६०० करोड भारतीय रुपैयाँ सम्पत्तिकी मालिक हुन् । उनले ब्रान्ड एन्डोर्समेन्टका लागि पनि धेरै शुल्क लिन्छिन् । रिपोर्टका अनुसार रेड चिलीज प्रोडक्सन हाउसको लागत ५५० करोड रुपैयाँ छ । गौरी खान आफ्नो सम्पूर्ण परिवारसँग मन्नतमा बस्छिन्। उनको घर ब्यान्ड स्ट्यान्डमा छ। गौरीको यो भव्य घरको मूल्य करिब २०० करोड छ । 

यति मात्र होइन, दुबईमा उनको एउटा भिल्ला पनि छ जसको मूल्य २४ करोड भारु रहेको छ । यसबाहेक गौरीको मुम्बईमा एउटा लग्जरी पसल पनि छ । रिपोर्टका अनुसार यस पसलको मूल्य १५० करोड रुपैयाँ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ