arrow

युक्रेन द्वन्द्व : अमेरिका र नाटोसँग रुसले माग्यो सुरक्षाको ग्यारेन्टी

logo
एएफपी,
प्रकाशित २०७८ पुष ७ बुधबार
russia-ukraine1.jpg

मस्को । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार मस्कोको सुरक्षा मागबारे संयुक्त राज्य अमेरिकासँग जनवरीमा वार्ता सुरु हुने विश्वास व्यक्त गरेका छन् । युक्रेन द्वन्द्वका विषयमा चिन्ता बढ्दै गएको समयमा रूसी अधिकारीको यो भनाइ आएको हो ।

संयुक्त राज्य अमेरिकाका ‘असिस्टेन्ट सेक्रेटरी अफ स्टेट फर युरोपियन एण्ड युरेसियन अफेयर्स’ करेन डोनफ्रेडले मंगलबार सञ्चारकर्मीहरूसँगको संवादमा भने, 'मेरो जानकारी अनुसार रूससँगको वार्ता जनवरीमा सुरु हुनेछ । यद्यपि केही रूसी प्रस्तावहरू ‘अस्वीकार्य’ रहेकाले यसमा छलफल गरेर निकास निकाल्ने अमेरिकी पहल हुने उनले बताए । 

मस्कोले पश्चिमलाई गत हप्ता दुईवटा दस्तावेजमार्फत् व्यापक सुरक्षा मागहरू प्रस्तुत गरेको थियो । यसमध्ये एउटामा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)लाई सम्बोधन गरिएको थियो भने अर्कोले संयुक्त राज्य अमेरिकालाई सम्बोधन गरेको थियो ।

'अर्को वर्षको शुरुमा, पहिलो चरणको (वार्ता) हाम्रा वार्ताकर्ता र अमेरिकीहरूबीच द्विपक्षीय सम्पर्क हुनुपर्छ भन्ने कुरामा सहमति जनाइएको छ,' लाभरोभले रूसी समाचार नेटवर्क (आरटी) सँगको अन्तरवार्तामा भने । 

उनले ती वार्तापछि रूस र नाटोबीच वार्ता हुने योजना रहेको बताए । रूसले पनि जनवरीमा वार्ता गर्ने तयारी गरिरहेको उनले बताए ।

रूसी विदेश मन्त्रीले कुनै पनि वार्तालाई लम्ब्याउने हर्कत भने कसैले गर्न नहुने बताए । रूसले द्वन्द्व नचाहेकोले आफ्नो सुरक्षाको लागि कदम चाल्न तयार भएको उनले बताए । 

लाभरोभले आरटी पत्रकारहरूको एउटा समूहलाई बताए, 'हामी विश्वास गर्छौं । अरू कसैले पनि तनावको परिस्थितिको चाहना गर्ने छैन ।' 

रूसले युक्रेनमाथि आक्रमण गर्ने षड्यन्त्र गरेको पश्चिमी मुलुकहरूले आरोप लगाएका छन् । तर घटनाक्रमले दाबीलाई अस्वीकार गरेको बुझिन्छ । फलस्वरूप संयुक्त राज्य अमेरिका र नाटोबाट आफ्नो सुरक्षाको लागि कानुनी ग्यारेन्टीको रूसले माग गरेको छ र पश्चिमी गठबन्धनले रूसको पूर्वपट्टिको भौगोलिक विस्तारलाई रोक्न माग गरेको छ ।

गत हप्ता मस्कोले संयुक्त राज्य अमेरिका र नाटोलाई आफ्नो माग प्रस्तुत गर्दै गठबन्धनले पूर्व सोभियत देशहरूमा नयाँ सदस्यहरू स्वीकार्नु वा सैन्य आधारहरू स्थापना गर्नु नहुने बताएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ