विश्वकै अग्लो भवन बुर्ज खलिफाबाट बाइक चलाएर ऋतिक उत्रिएपछि
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
468
Shares
काठमाडौं । भारतीय अभिनेता ऋतिक रोशनले संसारकै सबैभन्दा अग्लो बुर्ज खलीफामा खतरनाक ढङ्गले बाइक चलाएका छन् । तर यो दृष्य देखेर दर्शक भने आक्रोशित बनेका छन् ।
बुर्ज खलीफा ८३० मिटर अग्लो छ । आर्किटेक्ट एड्रियन स्मिथ द्वारा डिजाइन गरिएको बुर्ज खलीफामा १६३ तल्ला छ।
बलिउड सुपर हिरो कृष उर्फ ऋतिक रोशन आफ्नो ग्रीक लुक्स, एक्सन र डोजिङ स्टाइलका कारण निकै लोकप्रिय छन् ।
ऋतिकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसलाई देखेर मानिसहरू खुसी हुनुको साटो उनलाई ट्रोल गरिरहेका छन् ।
ऋतिक रोशन ‘माउन्टेन ड्यू’का ब्रान्ड एम्बेसडर हुन् । ऋतिकले आफ्नो ब्रान्ड ‘माउन्टेन ड्यु’ को पछिल्लो क्याम्पेनको भिडियो शेयर गरेका हुन् ।
जसमा उनी विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा निकै खतरनाक ढङ्गले बाइक चलाएको देखिएका हुन्, जसलाई देखेर मानिसहरू प्रभावित हुनुको साटो आक्रोशित बने।