arrow

पत्रकार सचितको ‘साकेला नाच्दा’मा चर्चित कलाकारको जमघट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
sakela nachda final.jpg

काठमाडौं । पत्रकार/लेखक सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत बजारमा आएको छ । यसमा थिरज राईले संगीत भरेका छन् । स्वर राजेशपायल राई र मेलिना राईको छ । यो गीतको भिडियोको निर्देशन विल्सनविक्रमले गरेका छन् ।

भिडियोमा चर्चित कलाकारहरू एकसाथ देखिएका छन् । जसमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), श्याम राई, अनुसा राई, एलिस राई, सीता राई विशाल लिम्बू छन् ।

यसमा कमल राईको कोरियोग्राफी छ । यो भिडियो युट्युब च्यानल तक्मेबुढा डटकमले उधौली चाड सुरु भएकै दिन सार्वजनिक गरेको हो । यसको निर्माता विजय चाम्लिङ र सहनिर्माता कैलाश राई हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ