arrow

नेपालगन्ज नाकाबाट लागुऔषधसहित विष्ट पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
nitravet.PNG

नेपालगन्ज । बाँकेको नेपालगन्ज सीमा नाकाबाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । 

मङ्गलवार दिउँसो  साढे ३ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५  जमुनाह गाउँबाट  लागुऔषध नाइट्रोभेटसहित शैलेशिखर नगरपालिका ९ का  १९ नरेन्द्र विष्टलाई जमुनाह प्रहरीको टोलीले पक्राउ गरेको छ

जमुनाह गाउँस्थित चोर बाटो प्रयोग गरेर  लुकिछिपी आएका विष्टलाई २० भाइल ( ३०० पिस)नाइट्रोभेट  टयाबलेटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर विष्टले जानकारी दिएका छन् ।

शङ्कास्पद तरिकाले नेपालगन्ज  आउँदै गरेका विष्टलाई चेकजाँचका क्रममा लागू औषधसहित नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक विष्टले बताए। पक्राउ परेका विष्टसँग

 थप अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक विष्टले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ