arrow

धुर्त ओलीलाई सोझो प्रचण्डले चिन्न सक्नुभएन, मनोमानी गरिहाले : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
madhav-nepals.JPG

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि पनि प्रतिगमनको सपना नदेख्न केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु झन्डै गुमेको स्मरण गरे ।

समाजवादी प्रेस संगठन नेपालले ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिन पुस ५ लाई ‘कालो दिन’को रुपमा मान्दै आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै नेपालले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई चिन्न नसक्दा मनोमानी भएको पनि बताए ।

‘तत्कालीन अध्यक्ष कमरेड प्रचण्डले धुर्त ओलीलाई चिन्न सक्नुभएन । कमरेड प्रचण्ड सोझो हुनुभयो । पार्टी एकताको क्रममा भएको सहमतिअनुसार आधा–आधा प्रधामन्त्री सम्झौताअनुसार अब मलाई दिनुस् भन्न सक्नुभएन । त्यसैको बलमा ओलीले मनोमानी गरे’ नेपालले भने ।

पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी हुँदा अवस्था जटिल बनेको बताए । आफू ओलीसँग लामो समय संगत गरेको र भित्रबाट चिनेको बताउँदै उनले ढिलोगरी मात्र प्रचण्डले ओलीलाई चिन्दा परिस्थिति धेरै अघि बढिसकेको तर सबै एक भएर प्रतिगमन परास्त भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ