arrow

बाँकेको डुडुवाबाट सिसमको काठसहित २ वटा टयाक्टर बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३ शनिबार
daduwa.jpg

नेपालगन्ज । सशस्त्र प्रहरीको टोलीले बाँकेको डुडुवाबाट ठुलो परिमाणमा अवैध सिसमको काठसहित दुई वटा टयाक्टर बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा खटिएको टोलीले डुडुवा  गाउँपालिका ५ खजुरा गाउँस्थित गोकुल सामुदायिक बनमा दुई वटा  टयाक्टरमा लोड गरिरहेको अवस्थामा  १३ गोलिया जंगली सिसमसहित टयाक्टर बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बमले जानकारी दिएका छन्  ।

गोकुल सामुदायिक बनमा अवैध रुपमा सिसमको काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक थारुको कमान्डमा गएको टोलीले आज बिहान ३ बजे  अवैध रुपमा तस्करीको लागि लोड गरिरेहेको अवस्थामा  ११८.१४ क्युफिट सिसमको काठसहित दुई वटा टयाक्टर  बरामद गरेको  सशस्त्र प्रहरी उपरीक्षक  बमले जानकारी दिएका छन् । काठ लोड गर्दै गरेका टयाक्टर चालक तथा कामदारहरु भने सशस्त्र प्रहरीलाई देखानासाथ फरार भएको बमले बताए।

सशस्त्र प्रहरी आजै अवैध तस्करी भइरहेको स्थानमै मुचुल्का उठाएर टोचन प्रयोग गरि तस्करी हुँदै गरिएका सबै सिसमका काठहरु र  तस्करीमा प्रयोग भएका टयाक्टरहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए।

सशस्त्र प्रहरी उपरीक्षक बमका अनुसार  बरामद गरिएकको  ११८.१४ क्युफिट सिसमको मूल्य ५ लाख ३१ हजार ६३० रुपैयाँ र ८ लाख रुपैयाँ बराबरका दुई वटा टयाक्टर गरि १३ लाख ३१ हजार ६३० रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरीले केहिदिन अघि  बर्दियाबाट तस्करी भएर आउँदै गरेको ठुलो परिमाणमा लत्ताकपडासहित गाडी समेत बरामद  गरेको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ