धनुषा । धनुषाको मिथिला नगरपालिका–१० लालगढमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका वडा नं. ७ निवासी २७ वर्षीय विकास विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहीबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख २५५९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा४९प ६८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक बाँकेको कोहलपुर नगरपालिका १२ निवासी सीताराम पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।