arrow

शन्निको हलिउड फिल्म ‘फाइट अफ फरी –२’ को फस्टलुक सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २ शुक्रबार
sunny-kc.jpg

काठमाडौं । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नि बि केसीको हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ । शन्निकै कथा र निर्देशन रहेको फिल्ममा हलिउडका कलाकारको पनि अभिनय छ । उनी फिल्मका प्रमुख अभिनेता हुन् ।

फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’मा काम गरेका कलाकार बब वाल, लियो फोङ, जो माइकल, एम एम ए फाइटर लगायतका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमासमेत प्रदर्शन गरिने शन्निले बताए ।

एक्सन जनराको यो फिल्मले मानव बेचबिखनविरुद्धको कथालाई उठान गरेको छ । यो फिल्मलाई हलिउडका थिएटर तथा ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज गरिनेछ । 

शन्निले बलिउडका गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरिसकेका छन् । उनले केही समय अघि नेपाली फिल्म ‘गोर्खा रक्षक’मा पनि काम गरेका थिए ।

उनले ‘जाहवाज’, ‘गैरकानुनी’, ‘प्यार कर के देखो’, ‘हत्या’, ‘दुश्मन’लगायतका फिल्ममा पनि अभिनय गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ