काठमाडौं । देशभर गएको बाढी पहिरोमा परी ४ दिनमा कूल ६८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका कूल २१ जिल्लामा ६८ जनाको मृत्यु भएको हो ।
यो साउन १० गतेदेखि बिहीबार अपराह्नसम्मको तथ्याङ्क हो । यसरी तयार पारिएको तथ्याङ्कमा सबैभन्दा बढी प्यूठानमा ३४ जनाको मृत्यु भएको उल्लेख छ ।
त्यस्तै, देशभरी १५ जना बेपत्ता रहेका र ३० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको तथ्याङ्कलाई जिल्लागत रूपमा यसरी छुट्टाइएको छ ।