शिशिरको निर्देशनमा तयार भएको ‘के छ तिम्रो विचार’मा नम्रता र दिनेश
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
1.4k
Shares
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘के छ तिम्रो विचार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ ।
आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ । डान्सिगं शैलिको रमाइलो गीतमा नम्रता र दिनेशले कमालको अभिनय गरेका छन् ।
भिडियोमा उमेरले परिपक्क एक युवतीलाई मन पराउने र मिठा मिठा सपना देख्ने युवकको रमाइलो किस्सालाई कलात्मक शैलीमा देखाइएको छ ।
मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । जसको निर्देशन शिशिर खातीले गरेका हुन् । शिशिर पछिल्लो समय फरक शैलीको भिडियो दिन माहिर निर्देशक मानिन्छन् ।