arrow

अब राजतन्त्रको काम छैन : नेता नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
madhav-nepal.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताएका छन् । बुटवलमा आयोजना पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मुलुकमा राजतन्त्र फेरि स्थापित हुने कुरा असम्भव रहेको दोहोर्‍याउँदै इतिहासमा हराएका शक्तिबारे बहस नगर्न आग्रह गरेका हुन् । 

अध्यक्ष नेपालले भने ' अब राजतन्त्रको काम छैन, इतिहासमा समाप्त भइसकेको सामन्तवादलाई फेरि जगाउने काम नगरौँ, अग्रगामी सोँच राखेर अघि बढौँ ।' उनले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिएका छन् । 

लोकतन्त्रका मूल्यमान्यताको रक्षा गर्दै समाज, राज्य सत्ता र राजनीतिक दलको लोकतान्त्रीकरण गर्नु नै जनताको बहुदलीय जनवाद भएको चर्चा गर्दै उनले मदन भण्डारीको यो विचारलाई स्थापित गर्दै पार्टी अगाडि बढेको उल्लेख गरे । 

उनले पार्टीलाई वैचारिकरुपमा बलियो र गतिविधिका हिसाबले सशक्त बनाएर आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको दिशामा अगाडि बढाउने काम भइरहेको जनाउँदै यसले गुणात्मक उपस्थिति बलियो बनाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ