arrow

हेलिकप्टर दुर्घटनामा विपिन रावतको निधन, मोदीद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
rawat-modi.PNG

काठमाडौं । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल विपिन रावतको निधन भएको छ । भारतीय वायुसेनाको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुख व्यक्त गरेका छन् । मोदीले प्रतिक्रिया दिँदै ट्विटमा सैनिक हेलिकोप्टर दुर्घटनामा रावतको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । ।

 रावत र उनकी पत्नी बोकेको भारतीय वायुसेनाको दुर्घटनाग्रस्त सैन्य हेलिकोप्टरमा यात्रारत १४ जनामध्ये तेह्र जनाको मृत्यु भएको पुष्टि भएको छ । बुधबार तमिलनाडुको निलगिरि पहाडी जिल्लाको कूनर नजिकै दुर्घटना भएको थियो । स्रोतका अनुसार डिएनए परीक्षणमार्फत शवको पहिचान पुष्टि हुनेछ । छानबिनको आदेश भए पनि सिडीएस रावत, उनकी श्रीमती र अन्य सैनिक कर्मचारी बोकेको आइएएफको एमआई-१७-भी-५ हेलिकोप्टर दुर्घटनाबारे सरकारले बिहीबार सांसदलाई जानकारी गराउने बताइएको छ । 

विमान कोयम्बटोरस्थित सुलुर आईएएफ सैन्य शिविरबाट वेलिङ्गटनस्थित ‘डिफेन्स स्टाफ कलेज’तर्फ जाँदै थियो । यसैबिच रक्षामन्त्री राजानाथ सिंहले भारतीय प्रधानमन्त्री मोदीलाई दुर्घटनाबारे जानकारी गराएका छन् । हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट निकालिएका शवहरू सैनिक अस्पताल वेलिङ्गटन लगिएको छ । 

यसअघि तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताएका थिए । प्रारम्भिक जानकारीमा तामिलनाडुका वनमन्त्री के रामचन्द्रनले भने दुर्घटनामा सवार पाँच जनाको मृत्यु भएको जानकारी दिएका थिए । 

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार जनरल रावतसहित मृतक सैनिक तथा कर्मचारीहरूको नामावली भारतीय वायु सेवाले सार्वजनिक गरिसकेको छ ।

दुर्घटनामा सिडीएस जनरल रावत र उनकी पत्नी मधुरिका रावत, ब्रिगेडियर एलएस लिडर, लेफ्टिनेन्ट कर्नल हरजिन्दर सिंह, एनके गुरसेवक सिंह, एनके जितेन्द्र कुमार, एल-एनके विवेक कुमार, एल-एनके बी साई तेजा र हाव सत्पाललगायत विमानमा सवार थिए । आइएएफले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।

रावत पूर्व भारतीय सेना प्रमुख समेत रहेका थिए । रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको पद सम्हालेका थिए। उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ