arrow

कटरिना–विक्कीको बिहेको आयो तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
katarina-vicky.PNG

काठमाडौं । भारतीय चर्चित अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलबीच अन्ततः बिहे नै हुने भएको छ । उनीहरु आज राति परिवारका साथमा राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट पुग्नेछन् । भारतीय संचारमाध्यमहरुका अनुसार त्यहाँ अतिथिहरुलाई गुलाबको फूलको वर्षाले स्वागत गरिने छ । 

त्यसपछि सारंगीमा राजस्थानी लोकगीतको धुन गुन्जिनेछ । विवाहमा कडा सुरक्षा रहने छ । पहिलो सुरक्षा चेकिङ होटलभित्र छिर्ने गेटमा र दोस्रो चेकिङ हल भित्र छिर्ने गेटमा बनाइएको छ । 

पुलिस, निजी बाउन्सर्स र होटलका सुरक्षाकर्मी तैनाथ हुनेछन् । कोरोना भाइरसलाई मध्यनजर गरेर अतिथिको तापक्रम पनि मापन गरिने छ । रातिमात्र पुग्नेछ कटरिना–विक्कीको जोडी । 

साथमा कटरिनाकी आमा सुजैन टरकोटे, बहिनी स्टेफनी, क्रिस्टिन, नतासा, मेलिसा, सोनिया, इजाबेल र भाइ माइकल हुनेछन् । 

विक्कीसँग उनका बुबा शाम कौशल र आमा बिनासँगै भाइ सनी हुनेछन् । कुनै समय बलिउडका दबंग स्टार सलमान खानसँग जोडिएकी कटरिनाले अन्ततः विक्कीसँग बिहे गर्न थालेकी हुन् । 

यस्तो छ बिहेको तालिका–
७ डिसेम्बरमा संगीत सेरेमनी
८ डिसेम्बरमा स्थानीय समयअनुसार ११ बजे हल्दी कार्यक्रम
८ डिसेम्बर राति आफ्टर पार्टी 
९ डिसेम्बरमा दिउँसो १ बजे सेहरा बन्दी
९ डिसेम्बर ३ बजे बिहेको मण्डपमा पुग्ने 
९ डिसेम्बर साँझ सात फेरा 
९ डिसेम्बर राति ८ः३० बजेदेखि १ बजेसम्म डिनर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ